काठमाडौं । कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् ।
पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उनी डिस्चार्ज भएकी थिइन् ।
त्यसपछि सिन्धुपाल्चोक जानुभएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उनको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा थप प्रस्ट गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएको थियो । उहाँले जन्माउनुभएको शिशुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
गर्भवती महिलालाई दुःखैदुःख
अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । सिन्धुपाल्चोककी समीक्षा भट्टराई भक्तपुरस्थित कौशलटारमा बस्छिन् । उनी गर्भवती भएको सात महिना पुग्यो । उनले सिभिल अस्पतालमा नियमित गर्भ परीक्षण गरिन् । बन्धधदाबन्दीको समयमा आकस्मिक रक्तस्राब भएपछि एम्बुलेन्सका लागि उनले सिभिल अस्पतालमा फोन गरिन् ।
सिभिल अस्पतालमा एम्बुलेन्सको व्यवस्था थिएन । सम्पर्कमा भएका ट्याक्सी, गाडीलाई हारगुहार गरिन् तर बन्दाबन्दीले गर्दा नपाएपछि एक जना नेतालाई फोन गरिन् । नेताले एक जना प्रहरीमा कार्यरत आफन्तलाई भनिदिएपछि उसैको बाइकमा चढेर प्रसूति गृह गइन् । नियमित परीक्षणमा नगएपछि रक्तस्राब भएर उनको गर्भ खेर गयो ।
यस्तै जोरपाटीमा बसेकी रुक्मणि सुवेदीले पनि लकडाउनले गर्दा सवारी साधन पाइनन् । उनलाई गाह्रो भइसकेको थियो । उनले पनि त्यसअघि थापाथलीस्थित प्रसूति गृहमा नियमित परीक्षण गरेकी थिइन् । राजधानीमा भएर पनि सवारी साधन नपाउँदा असह्य पीडाका बीच उनले कोठामै बच्चा जन्माइन् । यी दुई प्रतिनिधि पात्र मात्र हुन् ।
कोरोनाका कारण यस्ता धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




