काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ४३६४ जनामा कोरोना संक्रमण पुष्टि हुदा काठमाडौं उपत्यकामा मात्रै २५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ४३६४ संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । बाक्ी अन्य जिल्लाका रहेको मन्त्रालयले बताएका छन् ।

बिहीबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार