काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ ।

सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार