टोकियो । गैरआवासीय नेपाली संघ जापानको आसन्न निर्वाचनका लागि धमाधम उम्मेद्वारी घोषणा गर्ने लहर चलेको छ । यसै क्रममा, जापानमा रियलस्टेट व्यवसाय गर्दै आएका शिव पौडेलले पनि उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । पौडेलद्वारा जारी घोषणा पत्र उनकै शब्दमा:
हार्दिक अपिल सम्पुर्ण जपानबासी दाजुभाई तथा दिदी बहिनीहरु तथा सम्पुर्ण सघ संस्थाका महानुभवहरुमा अभिवादन ।
नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ ( एन आर एन जापानको अधिवेसन ) मा बिगत १२ बर्ष देखी जापानको विभिन्न समाजिक कार्यहरुमा सहयोग गर्दै मेरा जिवनको भोगाईहरु ,अनुभवहरु बटुल्दै आजका दिन सम्म आईपुग्दा। बिभीन्न संस्थाहरुमा बसेर काम गर्ने मौका दिनुहुने जापान बासी सबैसबै मा हार्दीक नमन गर्दछु । बितेको दशक मा मैले नेपाल र नेपाली को हितमा के कती काम गरे त्यो तपाई हरु ले नै मुल्याँन्कन गर्ने जिम्मा लगाऊदै यस पटक एनआरएन जापानको उपध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । बितेको एक दशकमा मैले नेपाल र नेपालीको हितमा के कती काम गरे त्यो तपाई हरु ले नै मुल्याँन्कन गर्ने जिम्मा लगाऊदै ।मैले यसो गरे र उसो गरे भनेर यहाँ लेख्नु भन्दा पनि यसको मुल्याङ्कन तपाई हरुले आउदो अधीबेसन बाट गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहान्छु। मैले के गरे र भोली गर्न सक्छु सक्दीन त्यसको जवाफ तपाईहरु ले अवश्य पनि दिनुहुनेछ। ७० हजार भन्दा बढी नेपाली रहेको यो जापान कती संभवानाहरुको देश हो ?कती पाईरहेका छौ कती गुमाईरहेका छौ ७० हजारको नेत्रित्व कस्तो हुनुपर्छ यो पनि तपाई कै हात मा छ। समाजसेवालाई निरन्तरता दिदै भोलीका दिनमा अझै बढि समय देश र जापानवासि नेपालीहरुमा दिने बिश्वास दिलाउदै तपाईहरुको विचमा यो दुई वर्ष गैरआवाशीय नेपाली संघ जापान को आगामी २०१७ -२०१९ को कार्यसमितिमा बसि सबैलाई समेटेर अगाडि बढ़ने कोशिश गर्ने छु ।शिव प्रसाद पौडेल केन्द्रीय उपध्यक्ष पदको उम्मेदवार गैरआवाशीय नेपाली सघ जापान ।
मेरो अनुभव र प्रतिबद्धता
१) सन् २००२मा B.sc सम्मको अध्यन पुरा गरि २००२ बाट करिब ३ बर्ष नेपालको पोखरा अध्यापन ।
२) सन् २००५ मा जापानमा प्रबेश गरि जापानिज भाषा र प्राबिधिक कलेज सकी जापानिज आइटी कंपनिमा म्यानेजर बनि काम गरेको अनुभब ।
३) २०१५ बाट जापानमा आइटी र जापानमानै नेपालीको पहिलो स्वामित्वमा रियल स्टेट कंपनि फ़ुदोसान संचालन गर्दै नेपालीहरुबिच सेवामुलक र प्राबाधिक युक्त सेवा दिदै आएको। यस बिचमा नेपालीहरुको घर घरमागई सेवा उपलब्ध गराउदै आएको। जापानिज भाषागत समस्यालाइ न्युनिकरण गर्दै नेपाली नेपाली बिचमा भाइ चाराको अभिबूद्दि गर्ने शोच बोक्दै नेपालीहरुलाई अति महत्वपूर्ण रुपमा घर तथा रुमको ब्यबस्था गर्दै आएको।
४) नेपालीहरुको बिचमा सहज , सजिलो ,नम्र स्वाभाब सबै संग मिल्न सक्ने ।
५) हरेक घर छॊड्नु परेकोले पारिबारीक बिछोडमा परेका नेपालीको समस्या र शुखि नेपाली हरुको भवना बुझि दु:ख सुखमा संगै रमाउने भाबना भएको
संस्थागत
१) नेपाल बाट अध्यापनमा लामो अनुभब र बिभिन्न सघ संस्थाहरुमा सक्रिय भुमिका खेलेको
२) जापानमा क्रियाशील डी.बी.य मा २ बर्ष महासचिबको भुमिका निभाएको ।
३) २०१४ बाट २०१६ सम्ममा कास्कि समाज जापानको महासचिब र २०१६ बाट अध्यक्षमा रही काम गर्दै आएको
४) २०१५ बाट २०१७ सम्म NRNAजापान कान्तोको सल्लाहाकार जनसेवा
१) कास्की पोखरा समाज अन्तर्गत मेरो सक्रियतामा कास्कीका २ बटा ग्रामिण स्कुलमा गरिब तथा दलित ५० /५० हजारको छात्रवित्रि स्थापना गरेको ।
२ कास्कीको सेतिनदिमा आएको बाढिमा परि मूत्यु एवं धाईतेहरुलाई सहयोग प्रदान ।
३) २०११ सालमा गएको जापानको महा भुकम्पमा आर्थिक सहयोग तथा फ़ुकुसिमा लगाएतका स्थानमा गै पिडित हरुमा मलम लगाउने काम
४) २०१५ सालमा कास्कीको लुम्ले स्थीत गएको बाढितथा पैरोमा परेको स्थानमा कास्की पोखरा समाज अन्त्रगत घटना स्थलमा संलग्न भै पानि ट्यान्की स्निर्माणको लागी र अन्य पिडित ब्यक्तिको लागी करिब ४ लाख बितणरण ।
५) मुख्य गरि कास्की जिल्ला सहित नेपालका अन्य सबै स्थानमा पनि विविध समस्या रहेकाहरुलाई सहयोग गरेको ।
६) जापान स्थित हरेक संघ सस्था हरुले गरेका हरेक कार्यक्रममा GLOBAL HOME NETWORK अन्तर्गत प्रत्यक्ष सहभागिता जनाई आर्थिक सहयोग गरेको ।
७) जापानमा २०११ साल देखिनै NRNA जापानले गरेका नेपाल फ़ेस्टीबल लगायत अन्य समाजिक उत्थानका क्रियाकलापमा प्रत्यक्षरुपमा सहभागिता रहेको ।
८) कंपनि अन्तर्गत ब्यावसायिक मात्र नभई जापानबासि नेपालीहरुको विभिन्न समस्याहरुलाई निःशुल्क रुपमा कागजपत्रहरु बनाउन सहयोग गरेको ।
धन्यबाद ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




