काठमाडौं । साझा पार्टीका दुई जना केन्द्रीय सदस्यले पार्टीबाट बाहिरिएका छन् । केन्द्रीय सदस्य मानवी पौडेल र सिद्धि अर्याल पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
पौडेलले ट्वीटरमा लेखेकी छन्, ‘साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु।’
यस्तै साझाका अर्का केन्द्रीय सदस्य अर्यालले परिस्थितिवश भौगोलिक रूपमा हालसँगै रहन नसकेको बताए । उनले ट्वीटरमा लेखेका छन, ‘साझाको पुनर्गठित केन्द्रिय समितिलाई मेरो हृदयदेखी शुभकामना छ । तपाईंहरुसँग विधिले निर्दिष्ट गर्ने राजनीतिको यात्रामा केन्द्रिय सदस्यका रुपमा थोरै समय काम गर्दा संगालेका अनुभव सदैव मेरा सम्झनामा रहनेछन् । परिस्थितिवश भौगोलिक रूपमा हालसँगै नरहे पनि तथा केन्द्रिय सदस्य नरहे पनि संगठीत विकल्पका लागि मबाट हुन सक्ने सहयोग गरि नै रहनेछु।’
केन्द्रीय समिति पुनर्गठनका दिन उनीहरुले पार्टीबाट अलगिएको घोषणा गरेका हुन् । साझाले बिहीबार ३७ केन्द्रीय सदस्य थपेको थियो।केन्द्रीय सदस्यद्वय पौडेल र अर्यालले व्यक्तिगत र अरू विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन र अहिले समय दिन नसक्ने पार्टीलाई जानकारी दिएका थिए ।
यसअघि गत असारमा साझाका सचिवालय सदस्य तथा प्रवक्ता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छाडेका थिए । साझा अन्य पार्टी तथा समूहसँग एकताको गृहकार्य र संगठन विस्तारमा लागेको छ ।
हिजो मात्र साझा संयोजक रवीन्द्र मिश्रले देश–विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकहरू सबैलाई एक जुट हुन आह्वान गरेका थियो । तर नेताहरुले निरन्तर पार्टी जोड्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




