काठमाडौँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डाक्टर गोविन्द केसीले आइतबार अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डाक्टर केसीले आफ्नो १९ औँ अनसन २८ दिनमा अनसन तोडेका हुन् ।

शनिवार मध्यरातमा डाक्टर केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गरेका छन् । शिक्षण अस्पतालमा अनसनमा बसेका डाक्टर केसीले सोही अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडे।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार