काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५९८ जनाको परिक्षण हुदा हुदा काठमाडौं उपत्यकामा मात्र १९३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएके मन्त्रमलयले जनाएको छ । काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना र अन्य देशभर रहेका छन् ।

गौतमका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको गौतमले बताए । हालसम्म कोरोना निको हुनको संख्या भने ८४ हजार ५१८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले बताए ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३४९ र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार