काठमाडौं । नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलले दसैँ भत्ता वापतको रकम फिर्ता गरेका छन् । उनले संघीय संसद सचिवालयलाई आइतबार एक पत्र लेख्दै आफूले प्राप्त गरेको दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।
उनले आफ्नो खातामा जम्मा भइसकेको रकम फिर्ता लिन संघीय संसद सचिवालयलाई कठिनाइ हुने भए भत्ता वापतको रकम चेक लिएर वा आफ्नो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टा गर्न अनुरोध गरेका छन् ।
‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठीनाइ हुने भएमा भत्ता बराबरको मबाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलाई सहज हुन्छ सोही अनुरुप गर्नुहोला’, रावलको निवेदनमा भनिएको छ ।
रावलले देशमा कोरोना महामारीको कारण उत्पन्न विषय परिस्थिति तथा आर्थिक कठिनाइमा रहेको बेला जनप्रतिनिधिहरुका लागि दसैँ भत्ता वापतको रकम उपलब्ध नगराउनेबारे नीतिगत निर्णय नै हुनुपर्ने भएपनि त्यसो नहुँदा भत्ता वितरण भएको उनको भनाइ छ ।
कोरोना महामारीका बीच सांसदहरुलाई भत्ता वितरण गरिएको खुलासा भएपछि यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




