चितवन, २१ साउन । करिव दुई महिनापछि भरतपुर महानगरपालिकाको वडा नं. १९ मा भएको पुनःमतदानको नतिजाले चुनावी गठबन्धन गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रलाई राहत दिएको छ ।
शुक्रबार भएको मतदानको आज घोषणा भएको परिणाम अनुसार वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरुको प्यानल नै विजयी हुदा मेयर पदमा गठबन्धनकी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाललाई जितको सम्भावना बढाउने मत प्राप्त भएको छ । वडा नं. १९ को गणना सकिदा रेणु २२१ मतले पछि छ । तर मतान्तर निकै साँघुरिएको छ । वडा नं. १९ को मत गणनाअघि देवि ज्ञवाली ७८४ मतले अगाडी थिए । हिजो भएको पुन मतदानमा सो वाडमा २८७० मत खसेको थियो । वडा नं. १९ को मतगणना सकिदा ज्ञवालीले आफ्नो अग्रताबाट ५६३ मत गुमाए । अब वडा नं. २० को मत गणनामा रेणु दाहालले अग्रता कायम गर्ने सम्भावना प्रवल भएको गठबन्धन पक्षधरहरुको भनाइ छ । निर्वाचन कार्यालयबाट प्राप्त विवरण अनुसार वडा नं. १९ सम्मको मत गणना पुरा हुँदा मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देविप्रसाद ज्ञवालीको कुल मत संख्या ४१ हजार ९४६ पुगेको छ । रेणु दाहालको मत ४१ हजार ७२५ छ । उपमेयरमा गठबन्धनबाट उम्मेद्वार रहेकी नेपाली काँग्रेसकी पार्वती शाहको मत ४५ हजार ६२३ छ । एमालेकी दिब्य शर्मा आचार्यको मत ३८ हजार ६०४ रहेको छ । अब २० नम्बर वडाको मत गनेपछि भरतपुरको सवै २९ वडाहरुको मतगणना सकिने छ। २० नम्बर वडामा ३३०२ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




