काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ। पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । खाणले संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैं भत्ता फिर्ताका लागि निर्देशन पनि दिएको बताए ।
दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको खाणले जानकारी दिए । दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए । संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्नपर्ने सांसदहरुबाट नै आवाज उठेपछि संसदीयले संस्थागत निर्णय गर्न लागेको हो ।
मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । कानुनी व्यवस्था नगरी मन्त्रिपरिषद्कै निर्णयका आधारमा सचिवालयले सांसदलाई दसैं खर्च सांसदलाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




