काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९४ हजार ५०१ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् ।
देशभरमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६ हजार ९२७ होम आइसोलेसनमा छन् । २८२ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका मात्र २३८८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८२ र भक्तपुरका ९९ जना छन् ।
मोरङका २८६ जना, सुनसरीका ११८, मकवानपुरका ९६, बर्दियाका ९२, चितवनका ९०, काभ्रेका ८०, कास्कीका ३९, सप्तरीका ३८, नवलपरासीका ३६, बाराका ३४, प्युठानका ३३, कैलालीका २९, नुवाकोट र दैलेखका २५र२५ जना, सर्लाही र तनहुँका २२र२२ जना, धादिङ र बाँकेका २१र२१ जना, उदयपुरका १८, स्याङ्जका १७, कञ्चनपुरका १३, धनुषा, सिन्धुपाल्चोक र गोरखाका १२ र१२ जना तथा महोत्तरी र कपिलवस्तुका ११र११ जना छन् ।
नवलपुरका १०, रौतहटका ९, पर्सा र सिराहाका ८र८ जना, रामेछाप, बाग्लुङ, पाल्पा र रुकुम पश्चिमका ७र७ जना, संखुवासभाका ५, इलाम, दोलखा, सिन्धुली, पर्वत, लमजुङ, जाजरकोट र बझाङका ४र४ जना, ओखलढुंगा, पाँचथर, गुल्मी, दाङ, जुम्ला, अछाम र दार्चुलाका ३र३ जना, भोजपुर, रसुवा, बर्दिया र, सल्यानका २र२ जना तथा तेह्रथुम, म्याग्दी, कालीकोट, सुर्खेत, डडेलधुरा, डोटी र बैतडीका १र१ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




