काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३ सय ४९ र होम आइसोलेशनमा ३१ हजार ५ सय ३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार