काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ६३७ र पुरुष ९८५ जना रहेका छन् ।

हाल देशका ३ जिल्ला मनाङ, मुस्ताङ र बाजुरा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् भने १४ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना र होम आइसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार