काठमाडौं । कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ मा निश्चित समूहलाई प्रमाणको आधारमा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।
जुन निर्णयपछि संक्रमितहरु थलिए पनि उपचार गर्न अस्पताल जान छाड्नाले होम आइसोलेसनमा मृत्यु हुनेको दर बढेको छ । नेपाली सेनाले शुक्रबारसम्ममा घरमै मृत्यु भएका १ सय ६ जनाको शव व्यवस्थापन गरेको तथ्यले पनि सरकारको पछिल्लो निर्णयको असर देखिन थालेको छ । कोरोनाले मृत्यु भएकाको संख्या कार्तिक १ मा ७ सय २७ थियो । १७ गते यो संख्या ९ सय ८४ पुगेको छ । यो बीचमा मृत्यु भएकाको संख्या २ सय ५४ कूल मृत्युको २६.११ प्रतिशत हो ।
सरकार कन्ट्याक्ट ट्रेसिङमा पनि चुकेको विज्ञहरु बताउँछन् । अस्पतालमा शय्या अभावले संक्रमितको ज्यान जाँदा पनि सरकारले अनुगमन गर्न नसकेको उनीहरुको भनाइ छ । संक्रमित र उसको सम्पर्कमा भएका व्यक्तिको निगरानी राज्यले नगर्दा कोही घरमै मृत्यु हुन्छ, कोही रोग सारेको सार्यै हिँड्छन् ।
यता, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोभिडले हालसम्म मृत्यु भएका ७५ प्रतिशतमा पहिलेदेखि नै गम्भीर रहेको देखिएको छ भने केही नभएका र कोभिड लक्षण मात्र भएका करिब २५ प्रतिशतको समेत मृत्यु भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




