काठमाडौं । प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु ।
तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपुर्यायौँ । अब प्रचण्डलाई पार्टी बुझाउने कुरै हुँदैन । उसलाई बुझाउने कुरा सपनामा पनि नचिताए हुन्छ ।’ माधव नेपाललाई फकाउने नाममा प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डको राम्रैसँग बद्ख्वाइँ गरे । ‘र’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणबारे पनि जमेरै छलफल भयो । माधवले भने, ‘तपाईंले यो ठीक गर्नुभएन ।
म प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेको मान्छे । यो रुपमा, खुल्लमखुला पार्टीको हुर्मत लिने काम राम्रो भएन । हिजो जसरी आफूलाई मेन्टेन गरिरहनुभएको थियो, जुन इमेज बनाइरहनुभएको थियो, सोच्नुभएको छ, यो भ्रमणपछि तपाईंको इमेज कस्तो भयो रु मान्छेहरूले तपाईंबारे के धारणा बनाएका छन् ? बुझ्नुभएको छ ?’ माधवले भने, ‘आज भारतीय गुप्तचर प्रमुखसँग यसरी भेट्नुभयो । भोलि पाकिस्तानी आइएसआईका प्रमुख आउलान् । के तिनलाई त्यसरी नै भेट्नुहुन्छ ?’
माधवको भनाइ थियो, ‘तपाईंलाई जे गर्न मन लाग्यो, त्यही गर्ने रु मलाई केही पनि चाहिँदैन । तपाईंको आश्वासन पनि चाहिएन । केही दिनै पर्दैन । मैले प्राप्त अवसरहरू पहिल्यै सदुपयोग गरिसकेको छु । विधि, प्रक्रिया र नीतिमा चल्नुस् । तपाईंले सबै कुराको ख्याल गर्नुभएको छैन । यसले राम्रो गरेको छैन, गर्दैन । यो तरिकाले पार्टी कहीँ पनि पुग्दैन ।’
प्रधानमन्त्रीले ‘र’ प्रमुखसँगको भेटबारे स्पष्ट पारे, ‘मोदीजीले एकजना मान्छे पठाउँदै छु भन्नुभयो । को हो भनेर सोधिखोजी गर्ने कुरा पनि भएन । आएपछि पो थाहा भयो, ‘र’ का प्रमुख पो रहेछन् ।’
यो कुरालाई टिप्पा दिँदै माधव नेपालले भने, ‘यस्ता केटाकेटी कुरा नगर्नुस् । केही नबुझ्ने, केही नजान्नेजस्तो ढाँट, छल र कपटका कुरा गरेर केटाकेटी पारा नदेखाउनुस् । त्यो सुनियोजित भेट थियो । त्यसले के सन्देश दिन खोजेको छ भन्ने कुरा पनि छर्लङ्गै छ ।’
ओलीले सीमा विवाद वार्ताबाट सुल्झाउने कुरा भएको र परिणाम पनि राम्रै आउने आशा रहेको बताए । ओलीले पटक–पटक माधवसँग सहकार्यका लागि आग्रह गरे । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




