काठमाडौं । बितेको २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको बताए । हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमणमुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार