काठमाडौं, २३ साउन । लागूऔषध कारोबारमा संलग्न र हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली ललितपुरको कुसुन्तीमा प्रहरीले ‘इन्काउन्टर’ गर्दा एक जनाको मृत्यु भएको छ ।
गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पु¥याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् । लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । उनले भने, ‘दुई वटा पेस्तोल भेटिएको छ । प्रहरीको गोली लाग्यो कि उनी आफैंले गोली हाने थाहा छैन ।’ एसपी प्रकाशजंग कार्कीका अनुसार प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार