महोत्तरी, २४ साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरहीकै स्थानीयबासी १४ वर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले केही दिनदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।
एक वर्ष पहिले गाउँमै आरोपित शिक्षक प्रमोदले ती बालिकालाई ट्युसन पढाउने गरेको र त्यही समयदेखि बालिकालाई ललाइफकाई करणी गर्दै आएको इप्रका गौशालाले जनाएको छ । कक्षा ८ मा पढ्दै गरेकी ती बालिका साउन १७ गते साँझदेखि घरमा नभेटिएपछि अभिभावकले प्रहरीसमक्ष गुहार गरेका थिए । प्रहरीले अभिभावकको सहयोगमा बालिकालाई साउन २१ गते उद्धार गरी नेपाल ल्याएको थियो । बलात्कृत बालिकाको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । यता आरोपित शिक्षकमाथि जबरजस्ती करणी तथा जीउ मास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




