काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ स्थित पोखरामा जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । आठबीसकोट–२, घारीखोलाबाट जन्ती लिएर आठबिसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा आठबीसकोट–८ का ४८ वर्षीय आइते चदारा, ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

डीएसपी केसीका अनुसार दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् । घाइते नेपालीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप चालक भने फरार रहेको ढीएसपी केसीले बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार