काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ । अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार