काठमाडौं, २४ साउन । कमल थाप नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)ले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । राप्रपा विभाजनमा परोक्ष भूमिका खेलेको उसको आरोप छ । साथै शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासिन भएको राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप लगाएको छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार