काठमाडौं । प्रखर वक्ता तथा पछिल्लो समय गायकको परिचय बनाएका रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध लाई २२ मसिंरमा विवाहमा परिणत गर्न लागेका हुन् ।

उनीहरु दुवै दृष्टिविहिन हुन् । अब्बल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार