काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाले पेलिएका मेरा करङ हिजोभन्दा आज दुखाइ बढ्दै गएको बताएका छन्।

गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो । हिजोभन्दा आज दुखाइ बढी छ।’ पौडेलले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेका छन् । उनले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन्।

‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने होरु मेरो चिन्ता यसैमा छ।’

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार