काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले बितेको २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३४३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् ।

पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घट्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा २ हजार १११ जना निको भएका छन् । यस्तै थप १३ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुनेको संख्या १५५१ जना पुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने मनाङ र डोल्पामा शून्य संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार