बारा । सशस्त्र प्रहरी टोलीले बारा जिल्लाको पचरौता नगरपालिका ७ बेनौलीस्थित सीमा इलाकाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्रले सिम्रौनगढ गनरपालिका ८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो । बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

सशस्त्रको टोलीले उनी सवार मोटरसाईकल समेत बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार