काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

यस्तै १०७९ जना निको भएका छन् । यस्तै संक्रमणमुक्त हुनेको संंख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको छ । मृतकको संख्या १७९५ पुगेको छ ।

यसैगरी देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार