
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको बताए।
रकमको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ। खोप भण्डारणका लागि काठमाडौं उपत्यकाबाहिर ६ स्थानमा भवन बनाउन लागिएको छ। कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोना संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ। दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा छन्। दोस्रो चरणमा ५१ लाखलाई खोप दिने योजना छ।
तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाखलाई दिइनेछ। १५ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत ९एक करोड २७ लाख०लाई खोप दिने योजना बनाइरहेको डा। गौतमले बताए। १५ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको परीक्षण खोप उपलब्ध नगराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप ल्याउन विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०, युनिसेफ, गाभीसँग समन्वयात्मक रूपमा सहकार्य गरिरहेको डा. गौतमले बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




