काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नी बिरामी पत्नी सिता दाहाललाई भेट्न भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका छन् । आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् ।

बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको उनकी छोरी गंगाले जानकारी दिइन् । लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगको उपचार गराइरहेकी उनलाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ । यसअघि उनको सिंगापुरको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा समेत उपचार भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार