काठमाडौं । राष्ट्रियसभाको सातौ अधिवेशन आइतबार रातीबाट अन्त्य भएको छ । सातौँ अधिवेशनको पहिलो बैठक २०७७ साल पौष १७ गते शुक्रबार अपरान्ह ४ः०० बजे सुरु भएर २०७७ साल पौष २६ गते आइतबार सकएको हो । सातौं अधिवेशनमा जम्मा १० दिन चालू रह्यो । यस अवधिमा बैठक बसेका ४ दिनमा ४ वटा बैठक बस्दा ७ घण्टा ५ मिनेट सभाको काममा व्यतित भएको छ ।
अधिवेशन अवधिमा ७ वटा अध्यादेश पेश
–संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
–तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
–नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७
–सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७
–औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७
–यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७
–फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
अधिवेशन अवधिमा सभामा उठेका एवम् समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा वक्तव्य दिएका छन् । त्यसैगरी अधिवेशन अवधिमा अध्यक्षबाट जारी भएको राष्ट्रियसभाका समितिहरूको गठनसम्बन्धी आदेश, २०७७ सभामा पेश हुँदा सर्वसम्मतिबाट अनुमोदन भएको छ ।
यही अधिवेशन अवधिमा सभाले सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । त्यसैगरी यसै अधिवेशन अवधिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६–७७ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७६–७७ सभा समक्ष पेश भएका छन् ।
अधिवेशन अवधिमा दिगो विकास तथा सुशासन समितिले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६–०७७’ र विधायन व्यवस्थापन समितिले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६–०७७’ सभा समक्ष पेश गरेको थियो ।
अधिवेशन अवधिमा प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर के।सी।, राष्ट्रियसभाका पूर्व सदस्यत्रय दिपकबहादुर गुरुङ, इन्द्रहाङ्ग लिम्बू र राममान श्रेष्ठ, संविधानसभा सदस्यद्वय भिमप्रसाद गौतम र मानपुर चौधरी र प्रतिनिधिसभाका पूर्व सदस्यद्वय ओमकारप्रसाद गौचन र बीरबहादुर लामा एवं २०६३–६४ को अन्तरिम व्यवस्थापिका९संसदका पूर्व सदस्य० कमानसिं लामाको निधन भएकोमा शोक प्रस्तावहरू पारित गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




