काठमाडौं । काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी दिए । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो ।
प्राधिकरणले काठमाडौँको विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित सुरु गरेको विद्युत्को तार भूमिगत गर्ने कार्य धमाधम भइरहेको छ । प्राधिकरणले पूर्व–उत्तर, मध्य–पश्चिम र पश्चिम क्षेत्र गरी तीन चरण र क्षेत्र विभाजन गरी काठमाडौँमा बिजुलीको तारलाई अहिले भूमिगत गर्ने काम गरिरहेको छ ।
यी तीन चरणमध्ये पूर्व–उत्तर, मध्य–पश्चिम क्षेत्रमा भूमिगत गर्ने कार्य सुरु भइसकेको छ भने पश्चिम क्षेत्रका लागि अहिले सम्झौता भएको प्रवक्ता तिम्सिनाले बताए । पूर्व–उत्तर क्षेत्र चरणअन्तर्गत अहिले चाबहिल, चुच्चेपाटी, मित्रपार्क, कोटेश्वर, जडीबुटी, नयाँबजार खुसिबु, लैनचौर क्षेत्रमा अहिले विद्युत्को तार भूमिगत गर्ने काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।
त्यसैगरी मध्य–पश्चिम चरणअन्तर्गत लैनचौरदेखि बूढानीलकण्ठसम्म काम भइरहेको छ । यस चरणको ठेक्का भारतीय कम्पनी केईआई इन्डस्ट्रिजले पाएकोे छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




