
काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ ।
नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिए ।
यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेको छ । पहिलो चरणको अध्ययन प्रतिवेदनले मल कारखानामा प्राकृतिक ग्यासको प्रयोगबारे स्पष्ट गर्न नसकेकाले दोस्रो चरणको अध्ययन सुरु गरिएको भट्टराईले बताए ।
छ महिनाभित्र प्रतिवेदन तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको अध्ययन निगमले गरिरहेका छ । सबै दृष्टिले उपयुक्त देखिएको अवस्थामा प्रस्तावित यो पाइपलाइन निर्माणमा आयल निगम लगानी गर्न तयार रहेको उनले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




