सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी थालिएको छ । जसमध्ये पहिलो चरणमा साढे ११ हजारलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । १० ओटा जिल्ला रहेको कर्णालीमा पहिलो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने व्यक्तिहरुलाई लगाउने तयारी छ ।
कर्णालीका १० जिल्लामध्ये डोल्पा जिल्लामा एक हजार दुई सय ६३, मुगु जिल्लामा एक हजार नौ सय नौ, हुम्ला जिल्लामा एक हजार सात सय ५४, जुम्ला जिल्लामा तीन हजार सात सय ३५, कालिकोट जिल्लामा चार हजार सात सय ५४, दैलेख जिल्लामा आठ हजार आठ सय ८४, जाजरकोट जिल्लामा पाँच हजार नौ सय २१, रुकुमपश्चिम जिल्लामा पाँच हजार ९२, सल्यान जिल्लामा आठ हजार एक सय ३६, सुर्खेत जिल्लामा १२ हजार चार सय ५६ जनालाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना बिरुद्धको खोप भण्डारणका लागि सुर्खेतका दुई वटा कोल्डस्टोरमा २८ लाख ७३ हजार चार सय डोज राख्न सकिने क्षमता रहेको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, कोरोना व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकालाई खोप दिइने छ ।
‘हामीले ११ हजार ५ सयलाई पहिलो चरणमा खोप दिने निर्णय गरेका छौँ,’ उनले रातोपाटीलाई भने, ‘पहिलो चरणमा जिल्लालाई आएको खोप पनि आधा–आधा दिइने छ ।’ जिल्लागत विवरण पठाइएको उनले बताए । सम्पूर्ण जिल्ला अस्पतालबाट दिइने छ,’ उनले भने । पहिलो चरणमा खोप दिइने मध्ये सबैभन्दा धेरै सुर्खेत रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




