काठमाडौं । काठमाडौंस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी समितिले दिएको छ ।
२०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि १ वर्ष समयावधि थपिएको थियो ।
वैशाख १३ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा थपिएको समयावधिभित्रै निर्माण सम्पन्न हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘तोकिएको समयमै हस्तान्तरण गर्नेगरी काम भइरहेको छ,’ उनले भने ।
हालसम्म सुक्खा बन्दरगाह निर्माणको ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरूमा स्थानीयको विरोध, पछि कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने समितिका निर्देशक युवक डंगोलले बताए ।
‘माटो परीक्षण, आरसीसी ढलान, जग र बिलडिङ निर्माणमा बढी समय लाग्छ,’ उनले भने, ‘अब फिनिसिङ बाहेकका काम सकिएकाले समयावधिभन्दा अघि नै सम्पूर्ण निर्माण काम सक्ने गरी काम भइरहेको छ ।’ आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




