काठमाडौं, २७ साउन । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजनाको जिम्मा नेपाली सेनाले पाएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०७४÷०१÷२१ गतेको निर्णय बमोजिम सेनाले राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजनाको जिम्मा पाएको थियो । आयोजनाको जिम्मा सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख सत्येन्द्र शाक्यले नेपाली सेनाका इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख प्रा.उ.र. योगेन्द्र बहादुर खाँणलाई हस्तान्तरण गरे । उक्त आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्पmबाट आयोजनामा खट्टिएका अन्य रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार