काठमाडौं । साहित्यकार हेमप्रभाषको उपन्यास ‘उल्झन’ सार्वजनिक गरिएको छ। कविताबाट उपन्यास लेखनमा आएका हेमप्रभाषको पहिलो उपन्यास ‘उल्झन’ को पत्रकार युवराज घिमिरे, अभिनेता राजेश हमाल, कवि एवं सञ्चारकर्मी डा. नवराज लम्साल, साहित्यकार महेश पौड्यालले पर्यटन बोर्डमा सार्वजनिक गरेका थिए। उपन्यासमा नेपालको दशक लामो जनयुद्धबाट प्रभावित युवाहरुको मानसिक अवस्था रहेको युवराज घिमिरेले बताए। उनले द्वन्द्वका कारण विस्थापित जन्माएका युवाहरुका कथा रहेको र तिनका नमरेका सपनाहरु रहेको घिमिरेको भनाइ थियो। अभिनेता राजेश हमालले हेमप्रभाषको उपन्यास वर्तमान समाजको प्रतिविम्ब रहेको आफूले पाएको बताए। ‘आफ्नो परिवेश र समाजप्रति संवेदनशील पाएको छु’, उनले भने, ‘उपन्यासमा आफ्नो परिवेश, आफूले भोगेको कालखण्डको यथार्थ चित्र प्रस्तुत गर्नुभएको छ।’ नेपाली जनजीवनका विभिन्न कालखण्डलाई उपन्यासमा उतारिएको र मानव जीवनलाई अर्थ्याउने प्रयास गरिएको हमालको भनाइ थियो। उपन्यासमा शब्द भन्दा पनि संवेदना उतारिएको भनाइ थियो कवि एवं पत्रकार डा. नवराज लम्सालको। उनले भने, ‘उपन्यासमा मान्छेका कुरा गरिएको छ, माटोको कुरा गरिएको छ र देशको कुरा गरिएको छ।’ त्यस्तै समालोचक महेश पौड्यालले उपन्यासमा युवा पात्रहरुको मनोविज्ञान रहेको बताए। उनले भने, ‘विगत एक दशकको नेपाली राजनीतिक द्वन्द्वले युवाहरुमा कस्तो प्रभाव पारेको छ भन्ने उपन्यासमा रहेको छ।’ उपन्यासमा ९ पटक आत्महत्या गर्न खोज्ने पात्रले अन्तिममा जीवन रोजेको घटनाले नेपाली युवाहरुको वर्तमानलाई संकेत गरेको पौड्यालले बताए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




