काठमाडौं । नेपाल अब अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ तर त्यसका लागि समय भने केही पर गएको छ । नयाँ परिस्थितिअनुसार नेपाल आगामी पाँच वर्षमा विकासशील मुलुकमा औपचारिक रूपले स्तरोन्नति हुने छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति ९सीडीपी०ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेपछि नेपालको गन्तव्य स्पष्ट भएको हो । नेपालले अबको पाँच वर्ष अर्थात् सन् २०२६ देखि नेपाल विकासशील दे मा स्तरोन्नति हुने सीडीपीले सिफारिस गरेको हो । यो पाँच वर्ष उसले स्तरोन्नतीको तयारीका लागि दिएको जनाएको छ ।
पाँच वर्षअघिको भूकम्प र कोरोनाभाइरस सङ्क्रमण समेतका कारण पूर्वनिर्धारित सन् २०२२ मा भने नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन सकेन । यही फेब्रुअरी २२ देखि २६ सम्म चले को सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै आइरहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको स्पष्ट पारेको छ ।
स्तरोन्नतिका लागि दिइएको तीनवटा सूचकमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिमको सूचकाङ्कमा नेपालले पछिल्लो दुईवटा सूचकाङ्कको थ्रेसहोल्ड ९न्यूनतम मान० छोएकाले विकासशील देशमा स्तरोन्नतिका लागि योग्य ठहरिएको समितिले जनाएको छ । नेपालले प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा गर्न सकेको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




