काठमाडौं । तीन वर्षको भुमिगत जीवनपछि नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) पूर्वी नवलपरासीको अमरापुरीबाट सार्वजनिक भएका छन् । शान्ति प्रक्रियामा आउने सहमतिसँगै उनी सार्वजसनक भएका हुन् । उनी आज दिउँसो काठमाडौं आउँदैछन् ।

उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गरिएको छ । विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे ।

उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी शुक्रबार बिहानै काठमाडौंका लागि प्रस्थान गरेका छन् । करिब तीन वर्ष भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।

सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार