Dr govinda kc continues his hunger strike on 17th day also at teaching hospital demanding reform in the medical education in teaching hjospital Kathmandu on Wednesday, August 9, 2017 Photo: keshab thoker/Nagarik/republica
काठमाडौं, ३० साउन । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी अनशन बसेको २१ औं दिन बितिसक्दासमेत सरकारी वार्ता टोली र केसी पक्षबीच सहमति बन्न सकेको छैन ।
केसीका मुख्य मागमध्ये एक काठमाडौं उपत्यकाका दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइनेलगायत पूरा गर्न संसदीय समिति तथा सरकारी वार्ताटोली सहमत हुन नसक्दा अनशन अन्त्यको पहल निरर्थक बनेको आजको नागरिक दैनिकमा खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत प्रमुख माग पूरा गर्न सहमत भए पनि प्रमुख प्रतिपक्षी दलको असहमतिले विधेयक पारित गर्ने र वार्ता टुंगो लगाउने विषय अघि बढ्न सकेको छैन ।

केसीको विधेयकमा समेटिनै पर्ने भनी अडान राखेका मागमा संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति सहमत छैन । सरकारद्वारा वार्ताटोली पनि यही बहानामा निकास खोज्न अग्रसर नदेखिएपछि अनशन अन्त्य झन् अनिश्चित बन्दै गइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार