काठमाडौ, ३१ साउन । नेपाल र चीनबीच तीन बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारको उपस्थितिमा दुई देशका उच्च सरकारी अधिकारीहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र चीनको तर्फबाट त्यहाँको वाणिज्य मन्त्रालयका प्रतिनिधि यु जिअन्ह्वाले हस्ताक्षर गरे । समझदारीअनुसार चीनले भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन, अरनिको राजमार्गको स्तरोन्नति गर्न र रसुवाको नाकामा पुल निर्माण गर्न साढे १५ अर्ब रूपैयाँ सहयोग गर्नेछ । त्यस्तै, पेट्रोलियम तथा ग्यास अन्वेषण तथा सर्वेक्षणका लागि २ अर्ब रूपैयाँ उपलब्ध गराउने सहमति भएको छ । नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने बारे पनि सहमति भएको छ । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीका अनुसार विद्युत्, सडक, कृषि, ट्रान्समिसन लाइन निर्माण अदिलाई प्राथमिकताका क्षेत्र तोकेर लगानी विस्तार गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




