काठमाडौं, ३१ साउन । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि नाम दर्ता गराउन समय थप गर्ने भएको छ ।
नाम छुटेकालाई दर्ता गराउन साउन महिनाभर (भोलिसम्म) समय दिइएकोमा अझै धेरै मतदाता बाँकी रहेको र भीड नघटेकाले केही दिन थप्ने निर्णय भएको आयोग जनाएको छ । साउन १ गतेदेखि देशभरमा ७४४ वटै स्थानीय तह र ७५ वटै जिल्ला निर्वाचन कार्यालयमार्फत् फोटोसहितको मतदाता नामावली संकलन गर्ने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार