चितवन, ३२ साउन । बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।
हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंडाको खोजी गर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकी नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँडा देखिएको छ । नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको सो गैंडालाई ल्याउने प्रयास थालिएको उनले बताए । यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको भन्दै उनले नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा बाटो सुचारु भएमा सो गैँडा आजै ल्याइने बताए । सौराहाबाट प्राविधिक टोली आज त्यसतर्फ गएको छ । बस्तीको बीचमा रहेकाले तत्काल उद्धार गर्न आवश्यक भएको अर्यालले बताए । भारतीय बाल्मिकी टाईगर रिजर्बका डिएफओ र सरकारी अधिकारीसँग समन्वय भइसकेकाले बाटो सुचारु भएलगत्तै काम अघि बढ्ने उनले बताए । बाढीले अर्का एक गैंडा भारतकै बाल्मिकी नगरमा र्पुयाएको छ । त्यसैगरी नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र बाल्मिकी आश्रममा एउटा गैंडा भेटिएका छन् । यी गैंडा जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने उनले बताए । ती गैंडाको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाढीकै कारण डुमरिया पोष्टमा एक रतुवा र एक चित्तल, अमलटारी क्षेत्रमा दुई चित्तल, ध्रुवमा एक चित्तल, निकुञ्जभित्रको सेरीमा एक चित्तल मृत अवस्थामा भेटिएका छन् । राप्ती र नारायणीको बाढीले अरु धेरै जनावर बगाएको र मरेको अनुमान गरिएको छ । यद्यपि पहिलोचरणमा दुर्लभ वन्यजन्तुको खोजीलाई तीव्रता दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




