काठमाडौं । नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्।
जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटका नेताहरूको चिन्ता छ। यही कारण उनीहरूले विवाद मिलाउन दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन्।
त्यस्तै नेपाल पक्षभित्र सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एकपटक हेर्ने, त्यति गर्दा पनि पार्टीभित्र बस्ने अवस्था बनेन भने मात्र राजीनामा दिने धारणा आएपछि नेपाल पनि अप्ठ्यारोमा परेका छन्। कांग्रेस, माओवादी केन्द्र, नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले बुधबार राष्ट्रियसभा सदस्यका लागि साझा उम्मेदवारका रुपमा वाग्मती प्रदेशबाट डा। खिमलाल देवकोटालाई अघि सारेका छन्।
उनीहरूले यो गठबन्धन आगामी निर्वाचनमा पनि कायमै राख्ने संकेत गरेपछि ओली दबाबमा परेका छन्। देशभरका नेता–कार्यकर्ताले ओलीलाई पार्टी मिलाउन दबाब दिइरहेका छन्। उनीहरूले एमालेकै एउटा पंक्तिलाई बाहिर राखेर अन्त मत माग्न जानु शोभनीय नहुने सन्देश ओलीलाई दिएका छन्। ‘अहिले एमालेको एउटा पंक्ति बाहिर छ।
यो पंक्ति बाहिर रहँदा प्रतिपक्षीले खेल्ने मौका पाएको हामीले बुझेका छौं। साथै कांग्रेस, एमालेको नेपाल पक्ष, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहे त्यसले राष्ट्रिय राजनीतिमा ओली पक्षको उपस्थिति न्यून बनाउने भएकाले पनि पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प छैन भनेर हामीले भनेका छौं’, ओली निकटका एक नेताले भने। ओलीलाई उनीनिकट नेता प्रदीप ज्ञवाली र विशाल भट्टराईले पार्टीलाई मिलाएर लैजान आग्रह गरेको स्रोतको भनाई छ। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




