काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या र मृतकदर क्रमशः घट्दो क्रममा रहँदा निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ । पीसीआर परीक्षण गर्दा संक्रमण केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७.४ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनकाअनुसार संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेका छन् ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको हुँदा ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।
यसअघि यसअघि शनिबार देशभर ८१६७ जना संक्रमित थपिएका थिए भने ५ हजार ४५५ जना निको भएका थिए । यस्तै मृतकको संख्या १८७ जना रहेको थियो । त्यसअघि शुक्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो भने ६ हजार १३५ जना निको भएका थिए । यस्तै २०३ जनाले ज्यान गुमाएका थिए ।
उसो त बिहीबार ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको थियो भने ५ हजार ५५ जनामात्रै निको भएका थिए । सो दिन २१४ जनाले ज्यान गुमाएका थिए । यस्तै बुधबार ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुने संख्या ४४४४ जनामात्रै थियो । सो दिन १६८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै मंगलबार पनि ९ हजार माथि नै संक्रमित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




