काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच पार्टी एकताका लागि छलफल जारी राख्ने विकल्प खुलासमेत राखिएको छ ।
पछिल्लो राजनीतिक अवस्थाबारे समूह नेतासँग छलफल गरिरहेका नेपाललाई छुट्टै दल गठन गर्न सुझाव आइरहेको छ । शनिबार पार्टी जिल्ला पदाधिकारी, स्थायी कमिटी सदस्यसंग छलफल गरेका नेपालले गत बिहीबार र शुक्रबार केन्द्रीय कमिटी बैठक राखेका थिए ।
नेपालनिकट एमाले पोलिटब्युरो सदस्य जगननाथ खतिवडाका अनुसार नयाँ दल दर्ताका लागि नेताहरूले सुझाव दिएका छन् । ‘पार्टी एकताका लागि वार्ता गर्नुअघि ११ नेतालाई गरिएको कारबाही फिर्ता लिनुपर्छ, त्यसपछि औपचारिक वार्ता हुन्छ,’ उनले भने, ‘अधिकांश नेताले यही सुझाव दिँदै ढिला नगरी नयाँ दल दर्ता गरी अघि बढ्नुपर्ने सुझाव दिइरहनुभएको छ ।’
सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले पार्टी एकताअघिकै अवस्थाबाट सञ्चालन हुनुपर्ने अडान नेपाल समूहको छ । २ जेठ २०७५ कै एमाले कमिटी, नेतृत्वअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको सो समूहले त्यसयता ओली समूहले गरेका सबै निर्णय खारेज हुनुपर्ने बताउँदै आएको छ ।
‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’अनुसार ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै एकबाट राजीनामा दिनुपर्ने सर्तसमेत नेपाल समूह नेताले उठाएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




