काठमाडौं । सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्।
सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा जाने इच्छा व्यक्त गर्दागर्दै पनि मौका पाएनन्।
सरकारमा जान नपाएपछि उनी निकै रुष्ट बनेको स्रोतको भनाइ छ। तथापि राजकिशोरनिकट जसपाका केन्द्रीय सदस्य राहुल यादवले भने तत्काल सरकारमा जाने चाहना उनले नदेखाएको बताए। ‘सर्वोच्च अदालतको निर्णयपछि सरकारमा जाऔं भन्ने उहाँ ९राजकिशोर यादव० को अडान थियो तर नेता महतोलगायतले मान्नुभएन,’ राहुलले भने, ‘त्यसैले उहाँ आफ्नै खुसीले सरकारमा नजानुभएको हो।’
स्रोतका अनुसार ठाकुर–महतो पक्ष सरकारमा गएपछि राजकिशोर सम्पर्कमा छैनन्। उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया पनि व्यक्त गरेका छैनन्। सरकारमा सहभागी भएको भोलिपल्टै पूर्वराजपाको कार्यालय बबरमहलमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा पनि उनी उपस्थित भएनन्। उक्त कार्यक्रममा ठाकुर–महतो पक्षका अरू शीर्ष नेता भने सबै उपस्थित थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




