काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४०७ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेका हुन् ।

यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् । ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार