काठमाडौं, ११ भदौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा झण्डै ५५ हजारभन्दा बढी खसीबोका र च्यांग्रा भित्रिँदैछ । दशैंलाई लक्षित गरेर काठमाडौंमा खसी बोका भित्र्याउने तयारी भइरहेको छ ।

दशैंका लागि सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान र निजी क्षेत्रको चौपाया खरिदबिक्री संघले मात्रै झण्डै ५० हजार खसीबोका भित्र्याएर बेच्ने बताएका छन् । दशैंमा काठमाडौंमा झण्डै ५ हजार हजार च्यांग्रा बेचिनेछ । खाद्य संस्थानले विभिन्न जिल्लाबाट काठमाडौंमा ल्याएर १५ सय खसीबोका र १ हजार च्यांग्रा बिक्री गर्ने तयारी गरेको छ । माछामासु ब्यासायी संघले दशैंका लागि ४५ हजार खसीबोका र १५ सय च्यांग्र्रा ल्याउने योजनाअनुसार काम भइरहेको बताएको छ ।
खाद्य संस्थानले हेटौंडा र तुल्सीपुर लगायतका क्षेत्रमा स्थानीय जातका १५ सय खसीबोका खरिद गर्दैछ । खाद्य संस्थानले घटस्थापनादेखि खसीबोका र च्यांग्राबेच्न सुरु गर्छ । दशैंका लागि आउने च्यांग्रा मुस्ताङका हुनेछन् । गतवर्ष संस्थानले २७ सय खसीबोका र च्यांग्रा बेचेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार