काठमाडौं । काठमाडौंको कपनस्थित सिमलटारमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिलासहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । जुवा खालबाट ३३ थान कौडा र तास बरामद गरिएको छ । उनिहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ । बौद्ध वृतमा इन्चार्ज परिवर्तन भएपछि सो क्षेत्रमा जुवा, तास र गुण्डागर्दी बढ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार