काठमाडौं, चैत २४ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारमा दोस्रो वरियता नपाए राजीनामा दिने चेतावनी दिएका छन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्रालय सम्हालेका निधिले बिहीबार गृह मन्त्रालयमा पार्टीका मन्त्रीहरुलाई बोलाएर आफूले प्रधानमन्त्रीपछिको वरियता आफूले पाउनुपर्ने बताए । एक मन्त्रीका अनुसार उनले आफूले दोस्रो वरियता नपाए राजीनामा दिने प्रष्ट संकेत गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र स्थानीयविकास मन्त्री कमल थापाबीच बरियता विवादका कारण मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन । बिहीबार बोलाइएको बैठक पनि आइतबारका लागि सारिएको छ । प्रचण्ड सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका निधि दोस्रो वरियतामा थिए र प्रधानमन्त्री भारत गएका बेला कार्यबाहकको जिम्मेवारी पनि सम्हाले । तर, पछिल्लो पटक राप्रपा अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेसँगै वरियता विवाद सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार