Photo: THT

काठमाडौं, १६ भदौ । यातायात व्यवस्था विभागले दशैंको लागि घर जाने यात्रुहरुको लागि अग्रिम टिकट बुकिङ भदौ २२ गतेदेखि खुला गर्ने निर्णय गरेको छ ।
लामो दुरीका लागि २२ गतेदेखि नै टिकट खुला हुने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । उनका अनुसार यो वर्ष दशैंमा करिब २५ लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान छ । त्यसका लागि दशैंको बेला दैनिक ७ हजार सवारी छुट्नैपर्ने हुन्छ । तर, यातायात व्यवसायीले भने आफूहरुका केही माग पुरा नभएको बताएका छन् । उनीहरुले बसको छत नहुँदा दशैंका यात्रुको सामान कहाँ राख्ने भनी प्रश्न गरेका छन् । गतवर्षदेखि सबै सवारी साधनको छत निकाल्ने निर्णय विभागले गरेको थियो । छत नहुँदा यात्रुका सामान राख्न नमिल्ने, बाटोको अवस्था सुधार हुनुपर्ने लगायतका माग व्यवसायीको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार